किशोरावस्थामा यौन सम्पर्क गर्ने कि नगर्ने ? ब्राजिलमा भयो बहस-Sutra News

किशोरावस्थामा यौन सम्पर्क गर्ने कि नगर्ने ? ब्राजिलमा भयो बहस

सोमबार, ७ भाद्र २०७८

सोमबार, ७ भाद्र २०७८

ब्राजिल- महिला, परिवार तथा मानवअधिकार मन्त्री दमारेस एल्भिसले अघि सारेको यौनबाट अलग राखिने यस विवादस्पद कार्यक्रमको व्यावसायिक स्वास्थ्य संगठनहरूले आलोचना गर्दै आएका छन् । ब्राजिलले किशोरकिशोरीलाई यौन सम्पर्क विवाहपछिको लागि जोगाएर राख्न आग्रह गरेको छ । किशोरावस्थामा गर्भधारणको उच्च दरलाई कम गर्न सरकारले त्यस्तो आग्रह गरेको हो ।



मन्त्री दमारेस एल्भिसले ल्याएको किशोरावस्थामा यौनबाट टाढा बस्न प्रोत्साहित गर्ने कार्यक्रमको व्यावसायिक स्वास्थ्य संगठनहरूले भने आलोचना गरेका छन् । मन्त्री एल्भिस राष्ट्रपति जाइर बोल्सोनारोले समर्थन गर्ने इशाई नेता हुन् जसमाथि नागरिकमा धार्मिक अजेन्डा लाद्ने प्रयास गरेको आरोप लाग्ने गरेको छ ।

‘किशोरावस्था, महिला र अश्लील चलचित्रको लत आधाभन्दा बढी महिला यौन दुर्व्यवहार पीडित’ गतवर्ष उनले बीबीसी ब्राजिललाई भनेकी थिइन्,‘आनन्दका लागि मात्र यौन खोज्नेहरूको कडा अभियान हामीले देखिरहेका छौँ ।’ उनले किशोरावस्थामा हुने गर्भधारण नियन्त्रण गर्ने सबैभन्दा प्रभावकारी तरिका भनेको ‘कन्डम, उपकरण र गर्भनिरोधक चक्की’ नभई यौनबाट अलग रहनु नै रहेको बताएकी थिइन् ।

मन्त्री दमारेस एल्भिसमाथि धार्मिक अजेन्डा लाद्ने प्रयास गरेको आरोप लाग्ने गरेको छ । ब्राजिलको सरकारी तथ्याङ्क अनुसार किशोरावस्थामा हुने गर्भधारण दर सन् २००० बाट सन् २०१७ मा आउँदा ३६ प्रतिशतले घटेको थियो । तर त्यो अझै पनि अन्य ल्याटिन अमेरिकी देशमा जस्तै उच्च नै छ । पन्ध्रदेखि १९ वर्षमा हुने गर्भधारण दर प्रति एकलाखमा ६२ छ जसको विश्वव्यापी औसत ४४ रहेको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कले देखाउँछ ।

त्यस समूहको सबैभन्दा उच्च गर्भधारण दर भने पश्चिम र मध्य अफ्रिकामा छ । ब्राजिलको सरकारी नाराले नै ‘सबथोक सही समयमा’ भन्छ र त्यसलाई स्थानीय भाषामा ह्यासट्यागसाथ सामाजिक सञ्जालमा प्रचार गरिएको छ । मन्त्री एल्भिसले किशोरावस्थाको गर्भधारण र यौनरोगविरुद्ध काम गर्नका लागि उक्त अभियानलाई नयाँ प्रयास बताएकी छन् ।

यसले किशोरकिशोरीहरूलाई यौन सम्पर्क राख्नु अगाडि सोच्न बाध्य पार्ने उनको भनाइ छ । सरकारले यसलाई बाध्यकारी वा नैतिक बहसको बिषय भने नबनाउने जनाएको छ । राष्ट्रपति बोल्सोनारोले यसअघि स्वास्थ्य मन्त्रालयले अभिभावकहरूका लागि बनाएको एउटा पुस्तिकाबाट महिलाको प्रजनन प्रणालीको रेखाचित्र र कन्डमको प्रयोग गर्न सिकाउने पाना च्यात्न लगाएका थिए ।

ब्राजिलमा किशोरावस्थामा हुने गर्भधारण दर सन् २००० बाट सन् २०१७ मा आउँदा ३६ प्रतिशतले घटेको थियो । तर स्वास्थ्य संगठनहरूले यो कार्यक्रमको चर्को आलोचना गर्दै यो प्रभावकारी हुने कुनै वैज्ञानिक आधार नरहेको बताएका छन् । स्वास्थ्यस्याहारसम्बन्धी एक संगठनले विज्ञप्तिमा भनेको छ, ‘यस विषयको ‘वैज्ञानिक रूपबाट’ पुष्टि हुने एकमात्र उपाय भनेको किशोरकिशोरीहरूलाई पर्याप्त यौन शिक्षा र स्वास्थ्य सेवामा पहुँच दिनु हो ।’

विश्व स्वास्थ्य संगठन डब्लुएचओका अनुसार विद्यालयभित्र र बाहिर दिइने यौन शिक्षाले ‘यौन क्रियाकलापहरू, त्यसको जोखिम वा यौनरोग एवम् एचआईभीको संक्रमण दर बढाउँदैन ।’

डब्लुएचओले भनेको छ, ‘यौनबाट अलग राख्न प्रोत्साहन गरिने कार्यक्रमहरूले ढिलो यौन उत्साह सिर्जना गर्न, यौन सम्पर्क दर घटाउन वा यौनसाथी कम गर्न प्रभावकारी भूमिका खेल्दैनन् ।’ ‘कन्डम र गर्भनिरोधकसम्बन्धी ज्ञानको साथ यौन गतिविधि ढिलो गर्न प्रोत्साहन गर्ने कार्यक्रमहरू प्रभावकारी हुन्छन् ।’

एकजना महिना अधिकारवादी एवम् विपक्षी सांसद साम्बीया बोमफीमले सरकारले जटिल समस्यालाई किशोरकिशोरीको आफ्नै निर्णयमा छाडेको बताएकी छन् । ट्वीटमा उनले लेखेकी छन्, ‘जुन देशमा बलात्कारका अधिकांश पीडितहरू १३ वर्षमुनिका छन्, के त्यहाँ किशोरीहरूलाई नाइ भन्ने छुट होला ?’

गत वर्ष एल्भिसको कार्यालयले ब्राजिलको कङ्ग्रेसमा किशोरकिशोरीको गर्भधारणसम्बन्धी एउटा कार्यक्रम आयोजना गरेको थियो । जसमा निम्त्याइएका वक्ताहरू यौनबाट अलग रहन प्रोत्साहन गर्ने अन्तर्राष्ट्रिय समूहहरूमा आबद्ध थिए । आलोचकहरूले अमेरिकामा समेत त्यस्तो प्रयास असफल भएको भन्दै ब्राजिलमा त्यसबाट परिवर्तन देखा पर्ने सम्भावना नरहेको बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष यूएनएफपीए भन्छ, ‘थुप्रै देशहरूले किशोरावस्थाका गर्भधारणलाई रोक्न काम गरिरहेका छन् । तर यी प्रयासले महिलालाई दोषी देखाउन र उनीहरूको व्यवहार परिवर्तनको उद्देश्य मात्र राखेको छ ।’ यूएनएफपीएले भनेको छ कि किशोरावस्थामा हुने गर्भधारण विद्यालय, जानकारी वा स्वास्थ्य सेवामा न्यून वा पहुँच नै नहुने अवस्थाको एउटा नतिजा हो । स्रोत बीबीसी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट