काठमाडौं- नेपालका समलिङ्गी तेस्रो लिङ्गीले गाइजात्रा पर्व मनाएका छन् । सोमबार ललितपुरको कुपण्डोलस्थित पहिचान समाजमा उनीहरुले १३ औं नेपाल प्राइड एवम् गाइजात्रा महोत्सव मनाएका हुन् ।
समलिङ्गी तेस्रो लिङ्गीहरुको छाता संस्था नील हिरा समाजको आयोजनामा यो पर्व मनाइएको हो ।
विभिन्न कारणले मरेका आफ्ना समलिङ्गी तेस्रो लिङ्गी साथीहरुको सम्झनामा यो पर्व प्रत्यक वर्ष मनाउने गरिएको समाजले जनाएको छ ।
यसअघि विभिन्न स्थानमा र्यालीको आयोजना गरिने भएपछि यसपटक कोरोना महामारीका कारण पहिचान समाजको कार्यालयमा गाइजात्रा मनाइएको समाजले जनाएको छ ।