अफगानिस्तानबाट फर्किएकालाई पोलियो खोप-Sutra News

अफगानिस्तानबाट फर्किएकालाई पोलियो खोप

सोमबार, ७ भाद्र २०७८

सोमबार, ७ भाद्र २०७८

काठमाडौं- सरकारले अफगानिस्तानबाट फर्किएकालाई पोलियो खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले आज ट्वीट गर्दै अफगानिस्तानमा फैलिएको पोलियो सङ्क्रमणलाई दृष्टिगत गरी सबैलाई खोप दिने निर्णय गरिएको जानकारी दिए ।



पोलियो खोप नजिकै खोप केन्द्रमा गई लगाउनसमेत अनुरोध गरिएको छ । ट्वीटमा मन्त्रीले पोलियो खोप लगाउनसमेत सुरु गरिएको बताएका छन् । अफगानिस्तान तालिबानले कब्जामा लिएपछि त्यहाँ रहेका नेपाली स्वदेश फर्किएका थिए । उनीहरुलाई सरकारले दुई चरणमा स्वदेश ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट