काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसमा देखिएको क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगिएको छ ।
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश लेखकले क्रियाशीलमा देखिएका विवाद टुंगोमा पुर्याएका हुन् ।
क्रियाशील सम्बन्धी प्रतिवेदन सोमबार बेलुकी सभापति देउवा निवास बूढानिलकण्ठमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सभापतिसमेत रहेका प्रधानमन्त्री देउवालाई बुझाएका छन् ।
अब कांग्रेसमा क्रियाशील सदस्यताको संख्या ९ लाखभन्दा बढी भएको छ । गत साउन १२ मा नेता लेखकले प्रतिवेदन बुझाउँदा ८ लाख ५२ हजार क्रियाशील सदस्य रहेको विवरण समावेश थियो ।