दुधसँग भुलेर पनि नखानुहोस् यी ७ कुराहरु, ज्यान जान सक्छ !-Sutra News

दुधसँग भुलेर पनि नखानुहोस् यी ७ कुराहरु, ज्यान जान सक्छ !

मंगलबार, ८ भाद्र २०७८

मंगलबार, ८ भाद्र २०७८

दुध स्वास्थ्यका लागि एकदमै राम्रो चिज मानिन्छ । तर दुधसँग मिसाएर खान नहुने धेरै कुराहरु छन् जसले स्वास्थ्यमा खराबी ल्याउन सक्छ ।



मूला, माछामासु जस्ता पदार्थसँग दुध:- दुधको साथमा मूला, माछामासु जस्ता पदार्थ नलिनुहोस् । यी चीज दुधसँग प्रयोग गर्दा यसले झन् नकारात्मक असर पर्छ । यसको प्रयोगले तपाइको छालामा समस्या देखिन सक्छ । माछा निकै गर्मी चीज हो तातो चिसोको एकैपटक शरीरले पचाउँन सक्दैन र सेतो दाग वा ‘फ्लेरी’ हुन शुरु गर्दछ । जसको उपचार निकै महङ्गो र दुर्लभ हुन्छ ।

२) प्याजसँग दुध:- खानामा प्याज छ भने खानासँग वा खानापछि दुध नखानुहोला । यो मिश्रणले छालामा दाद, एलर्जी सोराइसिस लगायतका समस्या निम्तिन सक्छन् । ३) दहीसँग दुध:- दुधका साथै दही कहिल्यै पनि नपिउनुहोस् । दही र दुध सँगै लिँदा छालाको रोग लाग्ने सम्भावना बढी हुन्छ।

४) कालो दालसँग दुध:- हामीले प्राय दुध खानासँग प्रयोग गर्ने गर्छौ तर, यदी खानामा कालो दालको प्रयोग गरिएको छ भने त्यस्तो अवस्थामा दुध नपिउनु राम्रो हुन्छ । यसले स्वास्थ्यलाई फाइदा गर्दैन, उल्टै असर गर्छ । ५) नुन र करेलासँग दुध:- दुधसँग नुन र करेला खानु पनि फाइदाजनक हुँदैन । यसले स्वास्थ्यलाई नकारात्मक असर गर्छ ।

६) केरासँग दुध:- रुघाखोकी, कफको समस्या छ भने दुधको साथमा केरा नखानुहोला । यसले झनै खोकी बढाँउछ। यी १२ कुराहरु सँधै याद राख्नुहोला र सकेसम्म यी खानेकुराहरु खाए पछि दुध नपिउँनुहोला अथवा दुध पिएको केहिबेरमा नै यी खानेकुराहरु नखानुहोला ।

७) खुर्सानी र मसलादार खानासँग दुध:- खुर्सानी र मसलादार खाना खाँदै हुनुहुन्छ भने यसको साथमा दुध र दुधजन्य परिकारहरु नखानुहोला । यी खानेकुराहरु सँगसँगै खाएमा पेट दुख्ने, ए-सिडिटि, ग्यास र बान्ता हुने जस्ता समस्याहरु आउन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट