काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेकी नेत्री अष्टलक्ष्मी शाक्य आफ्नो प्रस्तावमा मुख्यमन्त्री भएको बताएका छन् ।
मंगलबार चन्द्रागिरि रिसोर्टमा पत्रकारहरुसँग कुरा गर्दै नेता नेपालले यस्तो बताएका हुन् । उनले भने ‘अष्टलक्ष्मी शाक्य मेरै चाहना र सुझावअनुसार मुख्यमन्त्रीमा जानुभएको हो ।’
उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीका कारण एमाले विभाजन भएको उल्लेख गरे । ‘ ओलीजीको एकलौटीका कारण हामी नयाँ पार्टी दर्ता गर्न बाध्य हुनुपर्यो ।’ उनले भने ।
नयाँ पार्टीका अध्यक्ष माधव नेपालसहितका नेताहरू सोमबार रातिदेखि नै चन्द्रागिरि हिल्स रिसोर्टमा बसेका छन्।