देउवाको निर्णयमा सर्वोच्चको अवरोध, कुलमान नियुक्ति गरेको विषयमा यस्तो आदेश [आदेशसहित]-Sutra News

देउवाको निर्णयमा सर्वोच्चको अवरोध, कुलमान नियुक्ति गरेको विषयमा यस्तो आदेश [आदेशसहित]

मंगलबार, ८ भाद्र २०७८

मंगलबार, ८ भाद्र २०७८

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिविरुद्ध हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा सर्वोच्च अदालतले सक्कल मिसिल झिकाउन आदेश दिएको छ ।



मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासले यस्तो आदेश दिएको हो ।

प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्र शाक्यले आफूलाई वैधानिक रुपमा नहटाइएको दाबी गर्दै पुनर्वहालीका लागि अन्तरिम आदेश माग गर्दै अदालतमा निवेदन दिएका थिए ।

यसअघि उनको मुद्दा हेर्न नभ्याइनेको सूचीमा राखिएको थियो ।

कुलमान घिसिङलाई प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अवैधानिक नियुक्त गरेको उनको तर्क छ। सो निर्णयका आधारमा भएका सम्पूर्ण पत्राचार कार्यान्वयन नगर्न र आफूलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा काम गर्न दिन उनले माग गरेका छन्।

Kulman_adesh_NlDlCd1AvH.jpg

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट