नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ ।
बैठक तुल्सीलाल प्रतिष्ठानमा सुरु भएको हो । बैठकमा मध्यमार्गी धारका सबै नेताहरु सहभागी छन् । त्यस्तै पूर्व माओवादी नेताहरु पनि बैठकमा देखिएका छन् ।
यसअघि बिहान ११ बजे बोलाइएको बैठक सारेर ३ बजेका लागि तय गरिएको थियो ।
बैठकमा एकता पक्षधर ‘तेस्रो धार’ का नेताहरूले १० बुँदे सहमति अक्षरसः कार्यान्वयन गर्न गरेको माग लगायतका विषयमा छलफल हुने एक नेताले बताए ।
माधव नेपाल नेतृत्वको नयाँ पार्टीमा नगएका युवराज ज्ञवाली, भीम आचार्य, भीम रावल, गोकर्ण विष्ट, योगेश भट्टराई, घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य लगायतका नेताहरुले १० बुँदे सहमति अक्षरसः कार्यान्वयन गर्न सोमबारसम्म अल्टिमेटम दिएका थिए ।