नागरिक फिर्ता गर्न अफगानिस्तान उडेको युक्रेनी विमान आकाशमै अपहरण-Sutra News

नागरिक फिर्ता गर्न अफगानिस्तान उडेको युक्रेनी विमान आकाशमै अपहरण

मंगलबार, ८ भाद्र २०७८

मंगलबार, ८ भाद्र २०७८

आफ्ना नागरिकलाई फिर्ता गर्न अफगानिस्तान उडेको एक युक्रेनी विमानलाई अज्ञात समूहले  ‘हाइज्याक’ गरेर इरान डाइभर्ट गरेको छ ।



गत साता सो विमान अफगानिस्तानमा अलपत्र परेका आफ्ना नागरिकलाई लिन काबुल पुगेको थियो । विमानलाई शनिबार नियन्त्रणमा लिइएको र मंगलबार इरान पुर्याइएको थियो । 

‘गत शनिबार हाम्रो विमानलाई अज्ञात व्यक्तिले नियन्त्रणमा लिएका थिए । मंगलबार विमान चोरेर युक्रेनीको सट्टा अज्ञात यात्रु बोकेर इरान पठाइएको थियो । युक्रेनी नागरिक विमानस्थलमा जान नसकेकोले काबुलबाट हाम्रा नागरिक फर्काउने तेस्रो प्रयत्न पनि विफल भएको छ,’  युक्रेनका उप–विदेशमन्त्री येभेग्नी यनिनलाई उदृत गर्दै रसियाली समाचार संस्था तासले जनाएको छ । 

विमानलाई कसले नियन्त्रणमा लिएको हो भन्ने बारेमा केही प्रष्ट पारिएको छैन् । 
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट