काठमाडौँ । नेकपा एमालेले माधव नेपालसहितका १४ जना सांसदको नाम समावेश गरेर ल्याइएको सनाखत नबुझ्न निर्वाचन आयोगलाई दवाव दिएको छ ।
मंगलबार अग्नि खरेलसहितका एमाले नेताहरूले मंगलबार निर्वाचनमा आयोगमा पुगेर दवाव सिर्जना गरेका हुन् । कारबाही गरेका सांसदको नाम समावेश गरेर ल्याइएको सनाखतले लोकतन्त्रलाई कमजोर बनाउने उनीहरुको तर्क छ ।
नेकपा एकीकृत समाजवादीका संयोजक तथा पूर्वप्रधानमन्त्रीसमेत रहेका माधवकुमार नेपाल एमालेलाई निर्वाचन आयोगले सनाखतका लागि समय तोकेर बोलाएको छ ।
एमालेबाट अलग्गिएर माधवकुमार नेपालले एकीकृत समाजवादी दल दर्ताका लागि आयोगमा दिएको निवेदनउपर कारबाही प्रक्रिया अघि बढाइएको हो ।
एकीकृत समाजवादी दल दर्ताका लागि नेताहरुको सनाखत गर्न बुधबार बिहान साढे ११ देखि दिउँसो २ बजेसम्म कार्यालयमा उपस्थित हुन समय दिइएको छ ।
यता माधव नेपाललाई आफ्नो पक्षका सांसद र केन्द्रीय सदस्य जोगाउन ठुलो चुनौती रहेको छ । त्यसका लागि उनले केन्द्रीय सदस्यहरुलाई चन्द्रागिरी रिसोर्टमा व्यवस्थापन गरेका छन् ।