सारा अलि खान बलिउड डेब्यु-Sutra News

सारा अलि खान बलिउड डेब्यु

मंगलबार, ८ भाद्र २०७८

मंगलबार, ८ भाद्र २०७८

काठमाडौं- बलिउडमा पछिल्लो समय नयाँ पुस्ताको आगमन भइरहेको छ । जहाँ स्टारकिडहरु पनि पर्दामा आउनेक्रम बढ्दो छ । यही लिस्टमा छिन्, सारा अलि खान । उनले सन् २०१८ को अन्तिम महिना डिसेम्बरमा केदारनाथमार्फत डेब्यु गरिन् । 



अभिनेता सैफअलि खान र अभिनेत्री अमृता सिंहको छोरी साराले आफूलाई बलिउडमा स्थापित बनाइसकिन् । फ्रेस अनुहार भएकोले पनि सारा नोटिसमा परिन् । डेब्यु गरेको फिल्म ‘केदारनाथ’ मार्फत नै उनले अभिनयको जादु छरिन् भने दोस्रो फिल्म ‘सिम्बा’ मा पनि उनी नोटिस भइन् । तर, उनलाई बलिउडमा फिल्म कसरी प्राप्त भयो त ? यो भने धेरैलाई थाहा नहुन सक्छ ।

उनी सैफको छोरी भएकै कारण उनलाई डेब्यु गर्न अप्ठ्यारो भएन भन्ने धेरैको अनुमान छ । तर, उनको डेब्यु स्टोरी केही फरक छ । साराले बलिउडमा आफूलाई आफ्नै मेहनतबाट ल्याएकी हुन् ।

एक अन्तर्वार्ताकाक्रममा उनले कसरी फिल्म सिम्बा पाइन् भन्ने जानकारी रोहितले गराएक छन् । ‘एकदिन साराको फोन आयो र उनले मलाई भेट्ने आग्रह गरिन् । अनि मैले उनलाई अफिसमा बोलाएँ’ रोहितले सारासँगको पहिलो भेट सम्झिँदै भने, ‘उनले मलाई बलिउडमा चान्स दिन आग्रह गरिन्, उनको प्यासन देखेर मैले नाइँ भन्न सकिन ।’

रोहितले उनलाई फिल्म सैफ या अमृताको आग्रहमा फिल्म नदिएको प्रस्ट्याए । ‘साराको विषयलाई लिएर सैफ र अमृता दुबैले केही भनेनन् । ‘उनीमा प्रतिभा छ, स्थापित हुन्छिन’, उनले साराको प्रशंसा गर्दै भने । सन् २०१८को अन्त्यमा उदाएकी साराले बलिउडमा आफ्नो जादु देखाइसकेकी छिन् । 
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट