एमालेले माधव नेपालसहितका नेताहरूलाई भन्यो- नयाँ बाटो छाडेर आफ्नै घरमा फर्किनुहोस्-Sutra News

एमालेले माधव नेपालसहितका नेताहरूलाई भन्यो- नयाँ बाटो छाडेर आफ्नै घरमा फर्किनुहोस्

मंगलबार, ८ भाद्र २०७८

मंगलबार, ८ भाद्र २०७८

काठमाडौं- नेकपा एमालेले नयाँ पार्टी दर्ता प्रक्रियामा अघि बढेका माधव नेपाल र झलनाथ खनालसहितका नेताहरुलाई नयाँ बाटो छाडेर आफ्नै घरमा फर्किन अपिल गरेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलालस्मृति प्रतिष्ठानमा मंगलबार बसेको स्थायी कमिटी बैठकले नेकपा (एकीकृत समाजवादी) पार्टी दर्तामा अघि बढेकाहरुलाई फर्किएर आए सम्मानजक भूमिकासहित पुनःस्थापित गरिने निर्णय लिएको हो ।



एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बैठकपछि पार्टीमा समस्या हुँदा भित्रै बसेर समाधान गरिनु राम्रो हुने पनि बताएका छन् । उनले भने,‘पार्टी निर्माण र विस्तारका क्रममा एमालेले कयौँ शक्तिसँग एकता गरेको हो । एमालेको मूलभूत विशेषता नै एकीकृत भएर अघि बढ्ने हो । पार्टीमा समस्या हुँदा भित्रै बसेर समाधान खोज्ने काम हुने गरेको छ । नयाँ पार्टी दर्ता गर्नेलाई पार्टी एकतामा आवद्ध हुन आजको बैठकले भनेको छ ।’

बैठकले पार्टीमा फर्किनेलाई कुनै भेदभाव र कारबाहीसमेत नगरिने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट