माओवादी केन्द्रको प्रवक्तामा महरा-Sutra News

माओवादी केन्द्रको प्रवक्तामा महरा

बुधबार, ९ भाद्र २०७८

बुधबार, ९ भाद्र २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रको प्रवक्ताको जिम्मेवारी नेता कृष्णबहादुर महरालाई दिइएको छ ।



सभामुख हुँदा यौन दुर्व्यवहारको आरोप लागेपछि पदबाट हटाइएका महराले लामो समयपछि पार्टीमा प्रभावकारी भूमिका पाएका हुन् । यस अभियोगमा उनले अदालतबाट सफाइ पाइसकेका छन् ।

सोमबार र मंगलबार काठमाडौंमा बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले यसअघि प्रवक्ता रहेका नारायणकाजी श्रेष्ठको स्थानमा महरालाई जिम्मेवारी तोकेको हो ।

नेता श्रेष्ठलाई भने माओवादी केन्द्रको प्रवास समितिको इन्चार्ज बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट