माओवादी केन्द्रमा जिम्मेवारी हेरफेर, कसले कुन जिम्मेवारी पाए ?-Sutra News

माओवादी केन्द्रमा जिम्मेवारी हेरफेर, कसले कुन जिम्मेवारी पाए ?

बुधबार, ९ भाद्र २०७८

बुधबार, ९ भाद्र २०७८

काठमाडौं- सत्ता साझेदार नेकपा माओवादी केन्द्रले सांगठनिक जिम्मेवारी टुंगो लगाएको छ । सोमबार र मंगलबार काठमाडौंमा बसेको स्थायी कमिटी बैठकबाट देशभरको र प्रवासको समेत संगठनात्मक जिम्मेवारीको टुंगो लगाएको हो ।



केन्द्रीय समिति बैठकको यसअघिको निर्देशन अनुसार नेताहरुलाई विभिन्न जिम्मेवारी यो स्थायी समिति बैठकबाट बाँडफाँट गरिएको हो । माओवादीले सातै प्रदेशका इन्चार्ज पनि तोकेको छ । जसअनुसार प्रदेश १ मा राम कार्की ‘पार्थ’ इन्चार्ज बनेका छन् ।

यहाँ सावित्रीकुमार काफ्ले, पदम राई, धर्मशीला चापागाईँ र अजम्बर काङमाङ प्रदेश सह-इन्चार्ज तोकिएका छन् । यो प्रदेश अध्यक्षको जिम्मेवारी सुरेशकुमार राईले पाएका छन् ।

यो प्रदेश अध्यक्षको जिम्मेवारी सुरेशकुमार राईले पाएका छन् । उता प्रदेश २ इन्चार्जमा गणेश साह तोकिएका छन्। त्यहाँको सह-इन्चार्ज विश्वनाथ साह र महेन्द्र पासवान तोकिँदा प्रदेश अध्यक्ष र सचिव चयन गरिएको छैन।

बागमती प्रदेश इन्चार्जमा हितमान तामाङ चयन हुँदा सह-इन्चार्जमा हितबहादुर तामाङ शशी श्रेष्ठ र सूर्य सुवेदी तोकिएका छन् । यो प्रदेशको अध्यक्षमा नारायण दाहाल तोकिँदा सचिव पद खाली राखिएको छ । 

गण्डकी इन्चार्जमा हितराज पाण्डेले जिम्मेवारी पाउँदा सह-इन्चार्जमा यसोदा सुवेदी गुरुङ तथा प्रदेश अध्यक्षमा हरि अधिकारी तोकिएका छन् ।

लुम्बिनी प्रदेश इन्चार्जमा चक्रपाणि खनाल ‘बलदेव’ चयन हुँदा सहइन्चर्जमा कुलप्रसाद केसी र हरिकुल्ला खान चयन भएका छन् । यो प्रदेशको अध्यक्षमा ओनसरी घर्ती चयन हुँदा सचिवामा जगतप्रसाद शर्मा ‘अपार’ले जिम्मेवारी पाएका छन् ।

कर्णालीमा शक्ति बस्नेत इन्चार्ज तोकिँदा सह-इन्चार्जमा कालीबहादुर मल्ल, टेकबहादुर बस्नेत र महेन्द्रबहादुर शाहीलाई तोकिएको छ । यहाँको अध्यक्षमा राजकुमार शर्मा र सचिवमा रामदीप आचार्यले जिम्मेवारी पाएका छन् ।

सुदूरपश्चिम इन्चार्जमा खगराज भट्ट तोकिएका छन् । त्यहाँ सह-इन्चार्जमा लक्ष्मीदत्त जोशी र तारामान स्वाँरले जिम्मेवारी पाएका छन् । यो प्रदेशमा माओवादीले अध्यक्ष र सचिव छान्न सकेको छैन ।

त्यस्तै विशेष समिति इन्चार्जको भूमिमा लीलामणि पोखरेल आएका छन् । यो समितिको सह-इन्चार्जमा केशव नेपाल, गंगा कार्की र पुष्पविक्रम मल्ल तोकिएका छन् । अध्यक्षमा लेखनाथ न्यौपाने रहेका छन् ।

उता सम्पर्क समन्वय समिति इन्चार्जमा डिलाराम आचार्य, सह-इन्चार्जमा झक्कु सुवेदी तोकिँदा अध्यक्षमा सत्या पहाडी र सचिवामा देवेन्द्र पराजुलीलाई जिम्मेवारी दिइएको छ ।

प्रवास समितितर्फको इन्चार्जमा नारायणकाजी श्रेष्ठ तोकिएका छन् । यस समितिको सह-इन्चार्ज तोकिएको छैन । यो समितिको अध्यक्षमा ओम शर्मा र सचिवमा टी. बी.पाठक तोकिएका छन् ।

त्यस्तै माओवादीले देशभरका जिल्ला समन्वय समितिको इन्चार्ज पनि तोकेको छ । संघीय संरचना अनुसार अभ्यास गर्ने क्रममा माओवादीले जिल्ला कमिटी भंग गरेर समन्वय समिति निर्माण गर्ने निर्णय यसअघि नै लिइसकेको छ ।

 

CPN.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट