आजदेखि केही दिनसम्म भारी वर्षा हुने, सतर्क रहन आग्रह-Sutra News

आजदेखि केही दिनसम्म भारी वर्षा हुने, सतर्क रहन आग्रह

बुधबार, ९ भाद्र २०७८

बुधबार, ९ भाद्र २०७८

काठमाडौं- आज बुधबारदेखि केही दिनसम्म भारी वर्षाको सम्भावना रहेको छ ।



जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विशेष मनसुन बुलेटिनअनुसार नेपालको पूर्वी तराई क्षेत्रनजिक मनसुनको न्यून चापीय रेखा रहेका कारण एक-दुई दिन अगाडिबाटै नेपालमा मनसुन केही सक्रिय छ । बुधबार रातिबाट त्यो रेखा अझनजिक आउने र केही दिनसम्म रहने सम्भावना छ ।

mansaun.PNG

‘सो प्रणालीका कारण देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा/झरीको सम्भावना छ,’ बुलेटिनमा भनिएको छ, ‘प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानमा भारीरधेरै भारी वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’

बुधबार बिहान देशभर मौसम सामान्यदेखि पूर्णसम्म बदली छ । प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट