काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार पत्रकार सम्मेलन गर्ने भएका छन् ।
पार्टी स्थायी कमिटी बैठकका निर्णयहरू स्पष्ट गर्न तथा समसामयिक विषयहरूमा प्रकाश पार्न ओलीले पत्रकार सम्मेलन गर्न लागेको उनको सचिवालयले जनाएको छ ।
बिहान ११ बजे तुल्सीलालस्मृति प्रतिष्ठान च्यासलमा हुने विशेष पत्रकार सम्मेलनमा पार्टी पदाधिकारी र स्थायी कमिटी सदस्यहरुको समेत उपस्थिति रहने जनाइएको छ ।
बुधबार माधव नेपालको साथ छाडेका एमाले नेताहरु समेत सहभागी बैठकले पार्टीका सबै संरचनालाई २०७५ साल जेठ २ कै अवस्थामा फर्काउने निर्णय गरेको थियो ।
आजै एमालेबाट विद्रोह गरेका माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दर्ताका लागि निर्वाचन आयोगले नेताहरुलाई सनाखतका लागि बोलाएको छ ।
नेकपा एमालेका श्रद्धेय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पार्टी स्थायी कमिटी बैठकका निर्णयहरू स्पष्ट गर्न तथा समसामयिक विषयहरूमा प्रकाश पार्न आज २०७८ साल भदाै ९ गते पार्टी पदाधिकारी र स्थायी कमिटी सदस्यहरूकाे उपस्थितिमा विशेष पत्रकार सम्मेलन आयाेजना गरिएको छ।
— Surya Thapa (@ThapajiSurya) August 25, 2021