मन्दिर हिँडेकी किशोरीको शव मकैबारीमा भेटियो-Sutra News

मन्दिर हिँडेकी किशोरीको शव मकैबारीमा भेटियो

बुधबार, ९ भाद्र २०७८

बुधबार, ९ भाद्र २०७८

सुर्खेत- कालिकोटको खाँडाचक्र नगरपालिका-६ मा एक किशोरीको शव फेला परेको छ ।



मन्दिर जान्छु भनेर ४ भदौमा घरबाट हिँडेकी १६ वर्षीया निरु विकको शव चार दिनपछि मकैबारीमा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

शरीरको विभिन्न अंग छुट्टिएको र जंगली जनवारले खाएको अवस्थामा शवव भेटिएको स्थानीय बसन्त सुनारले बताए ।

घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका डिएसपी चक्रबहादुर शाहले बताए । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल कालिकोट लगिएको छ । समाचार एजेन्सी न्युज कारखानाबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट