मही पिउनुहुन्छ ? यस्ता छन् फाइदा-Sutra News

मही पिउनुहुन्छ ? यस्ता छन् फाइदा

बुधबार, ९ भाद्र २०७८

बुधबार, ९ भाद्र २०७८

विषेशगरी गाउँघरमा मही पाइन्छ । शहरी क्षेत्रमा दही–महीभन्दा चिसो पेय पदार्थमा मानिसहरूको आकर्षण बढ्दो छ । तर, बजारमा पाइने पेय पदार्थभन्दा पनि महीको मानव स्वास्थ्यका लागि निकै नै लाभदायक रहेको चिकित्सकहरू बताउँछन् ।



दौडधुपका कारणले गर्मी याममा शरीरमा आलस्यता आउँछ । महीको सेवनले शरीरमा स्फूर्ति बढ्नुको साथै पानीको मात्रा पनि आपूर्ति गर्ने गर्छ ।

महीले गर्मी याममा शीतलता प्रदान गर्नुका साथै गर्भवतीका लागि मही अति नै उपयोगी मानिन्छ । महीमा पाइने ‘प्रोबायोटिक’ले गर्भावस्थामा आमा र बच्चाको स्वास्थ्य ठीक बनाउन सहयोग गर्छ ।

महीमा प्रयाप्त मात्रामा क्लासियम पाइने भएकोले कब्जियत हुनबाट जोगाउँछ । भुटेको जिराको साथमा मही सेवन गर्नाले पाचन प्रणाली ठीक राख्‍न मद्दत गर्छ ।

मोटोपना अधिक हुँदा महीमा नुन मिलाएर पिउनु शरीरका लागि फाइदाजनक हुन्छ । साँझ-बिहान महीको सेवन गर्दा स्मरण शक्ति तेज हुन्छ ।

पटक-पटक बाडुल्की लाग्ने समस्या भए महीमा एक चम्चा अदुवाको रस मिलाएर सेवन गर्नु लाभदायक हुन्छ । शरीरको पोलेको भागमा तुरुन्त मही लगाउँदा आराम मिल्छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट