गर्मीमा आँखाको हेरचाह यसरी गर्नुहोस्-Sutra News

गर्मीमा आँखाको हेरचाह यसरी गर्नुहोस्

बुधबार, ९ भाद्र २०७८

बुधबार, ९ भाद्र २०७८

गर्मीका बेला आँखा पाक्ने, आँखा चिलाउने, आँखा रातो हुने, आँखा पोल्ने लगायतका समस्या देखिन्छन् । यी समस्याबाट बच्न के गर्ने ? जानी राखौं:



आँखामा जथाभावी औषधि नराख्ने

कचेरा आएमा आँखालाई हातले नछुने

आँखालाई हातले छोइहालेमा साबुन पानीले हात धुने

आँखामा धुलो पर्दा या चिलाउँदा रुमाल टिसियु पेपरको प्रयोग गर्ने, जसले गर्दा आँखामा किटाणु सर्ने सम्भावना कम हुन्छ ।

गर्मीमा बाहिर हिँड्दा चश्मा प्रयोग गर्ने

आँखा पोलेको छ भने चिसो बरफ या आइसले सेक्ने

आँखा सुक्खा भएमा चिकित्सले सिफारिस गरेका औषधि मात्र प्रयोग गर्ने

आँखा पोल्ने समस्या भएमा धुलो र घामबाट बच्ने

आँखा पखाल्दा सफा पानी मात्र प्रयोग गर्ने र

आँखा पाकेका व्यक्तिले प्रयोग गरेका रुमाल प्रयोग नगर्ने  ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट