ओलीले भने- चर्चा पाउनकै लागि म बार्दलीबाट बोलेको हो-Sutra News

ओलीले भने- चर्चा पाउनकै लागि म बार्दलीबाट बोलेको हो

बुधबार, ९ भाद्र २०७८

बुधबार, ९ भाद्र २०७८

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले एमाले फुटाएर रमिता हेर्न अध्यादेश ल्याएको आरोप लगाएका छन् ।



बुधवार पत्रकार सम्मेलन गर्दै नेता ओलीले देउवाको कामप्रति खण्डन गरेका हुन् ।

सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परामदेश दिएपछि ओली सरकारबाट बिदा भएका । उनी घरको बार्दलीबाट बोलेको विषयमा टिप्पणी गरेका माधव नेपाल समूहका नेताहरुलाई उनले आज जवाफ दिएका छन् ।

 उनले आफूले बार्दलीमा बसेर चर्चामा हुनकै लागि बोलेको पनि बताएका छन् ।

‘बार्दलीको टिप्पणी पनि चर्चामा छ । चर्चामा नहुन मैले बौल्या हो र ? चर्चा होस् भनेर बोलेको हो ।’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट