काठमाडौँ । नवगठित नेकपा (एकीकृत समाजवादी)का पक्षमा २९ सांसदले हस्ताक्षर गरेका छन् ।
प्रतिनिधिसभा र राष्ट्रियसभाका गरी २९ सांसदले निर्वाचन आयोग पुगेर पार्टी दर्ताका पक्षमा सनाखत गरेको जगन्नाथ खतिवडाले जानकारी दिए ।
निर्वाचन आयोगमा जम्मा ५५ जना केन्द्रीय सदस्य सहभागी रहेका थिए । नेता झलनाथ खनालले भने दिल्लीबाट नै सनाखत गरेका छन् ।
राष्ट्रपतिले राजनीतिक दल फुटाउने अध्यादेश जारी गरेलगत्तै माधवकुमार नेपालले एमालेबाट अलग्गिएर नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन गरेका थिए ।