माधव नेपालले गुमाए यी ४ सांसद [नामसहित]-Sutra News

माधव नेपालले गुमाए यी ४ सांसद [नामसहित]

बुधबार, ९ भाद्र २०७८

बुधबार, ९ भाद्र २०७८

काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गर्न गएका ४ सांसदहरुलाई निर्वाचन आयोगले अस्वीकार गरेको छ ।



सांसदहरू सोमप्रसाद पाण्डे, तुलसा थापा, माया ज्ञवाली र शारदादेवी भट्टको हस्ताक्षर आयोगले अस्वीकार गरेको हो ।

निर्वाचन आयोगले हस्ताक्षर अस्वीकार गरेपछि उनीहरु नयाँ पार्टीमा जान मिल्ने या नमिल्ने भन्ने विषयमा अन्यौल भएको छ ।

नेकपा (एकीकृत समाजवादी)का पक्षमा २९ सांसदले हस्ताक्षर गरेका छन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभाका गरी २९ सांसदले निर्वाचन आयोग पुगेर पार्टी दर्ताका पक्षमा सनाखत गरेको जगन्नाथ खतिवडाले जानकारी दिए ।

निर्वाचन आयोगमा जम्मा ५५ जना केन्द्रीय सदस्य सहभागी रहेका थिए । नेता झलनाथ खनालले भने दिल्लीबाट नै सनाखत गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट