बाली जोगाउन अचम्मको उपाय, खेत-खेतमा सन्नी लियोनीको पोष्टर-Sutra News

बाली जोगाउन अचम्मको उपाय, खेत-खेतमा सन्नी लियोनीको पोष्टर

बुधबार, ९ भाद्र २०७८

बुधबार, ९ भाद्र २०७८

सन्नी लियोनीको पोष्टर भारतको आन्ध्रप्रदेशको निलोरे जिल्लामा एक किसानले खेतमा राखेका छन् । बाली जोगाउन भन्दै किसानले सन्नी नियोनीको पोष्टर खेतमा राखेका हुन् ।



बन्दा किन्नी पिल्ले गाउँका ४५ वर्षे छेन्चु रेड्डीले लगाएको काउली र बन्दा लगायतका तरकारी उनका छिमेकीहरुले देखेर हैरान पारेपछि उनी यसो गर्न बाध्य भएका हुन ।

गाउँलेहरुको तरकारीमा परेको गिद्धे दृष्टि हटाउन रेड्डीले यमे उपाय रचेको बताएका छन् । ठूलो बोर्डमा लियोनीको बिकिनी लगाएको तस्वीर रेड्डीले तरकारी बारीको छेवैंमा राखेका छन् । त्यसमा उनले तेलुगु भाषामा ‘ए १ ममाथि आरिस नगर ’ भनेर लेखिएको छ । यो तरिकाले ती गाउँलेहरुको ध्यान सन्नी लियोनीतिर जाने र खेतीबाली कसैले नहेर्ने रेड्डीको तर्क छ ।

भारतमा अन्धविश्वास कायमै छ । मानिसले अन्न हेरे कुहिन सक्छ भन्ने अन्धविश्वासमा परेका रेड्डीलाई यसपटक बाली राम्रो भएकोमा सन्तोष लागेको छ ।

रेड्डीलाई त्यस्तो तस्वीर राख्न पाइन्छ वा पाइँदैन भन्ने कानुनी कुरा केही थाहा नभए पनि उनको सन्तोष खोज्ने उपाय भने गज्जबको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट