कसरी छाड्ने चुरोटको लत ?-Sutra News

कसरी छाड्ने चुरोटको लत ?

बुधबार, ९ भाद्र २०७८

बुधबार, ९ भाद्र २०७८

धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ । तर, हानिकारक रहेको थाहा हुँदाहुँदै पनि धुम्रपानको लत लागेपछि यसलाई छुटाउन निकै गाह्रो पर्दछ । धुम्रपानले मुटुको रोग, मुखको क्यान्सर, फोक्सोको क्यान्सरजस्ता रोग लाग्छन् ।



धुम्रपानबाट छुटकारा पाउन सबैभन्दा पहिले मानसिक रूपमा व्यक्ति स्वयम् तयार हुनु पर्दछ । धुम्रपान त्याग्न सबैभन्दा महत्वपूर्ण भनेको आत्मबल जुटाउनु नै हो । यसकालागि मनको अठोट र अडिग निर्णय नै महत्वपूर्ण हुन्छ ।

कसैले धुम्रपान छोड्यो भने २४ देखि ४८ घण्टाभित्र अत्यधिक छटपटी हुने, रिस उठ्ने, टाउको दुख्ने, चक्कर लाग्ने, पेट र छाती पोल्ने, निद्रा नपर्ने, ध्यान केन्द्रित नहुनेजस्ता लक्षण देखापर्ने गर्छन् । यो बेला पानी धेरै पिउने बानी विकास गर्नुपर्छ ।

धुम्रपानको तलतल लागे वा छटपटी भए अत्यधिक पानी पिउनु पर्दछ । साथै रस भएको फलफूल खाने बानी विकास गर्नु पर्दछ । ल्वाङ, सुकुमेल वा दालचिनी मुखमा राखेर चपाइ राखे पनि धुम्रपानको लत क्रमशः कम हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट