काठमाडौं- राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफूले पद छाडेको संकेत गरेका छन् ।
प्रशिक्षक अल्मुताइरी र एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङबीचको विवाद समाधान गर्न गठित समितिले प्रतिवेदन बुझाएको केही घण्टामा अल्मुताइरीले ‘राजनीति गर’ भन्दै आफू बाहिरिएको कुरा फेसबुकमा लेखेका छन् ।
उनले लेखेका छन्, ‘आई एम आउट, लेट्स पोलिटिक्स वर्क ।’
प्रतिवेदनमा अल्मुताइरीको व्यवहारलाई समेत प्रश्न उठाएर उनले फेसबुकमा नेम्वाङबारे लेखेको स्टाटस हटाउनुपर्ने सुझाव दिइएको छ ।