अमेरिकी राष्ट्रपति बाइडेन भन्छन्- अफगानिस्तानको उद्धारकार्य समय सीमाभित्रै सक्नुपर्छ-Sutra News

अमेरिकी राष्ट्रपति बाइडेन भन्छन्- अफगानिस्तानको उद्धारकार्य समय सीमाभित्रै सक्नुपर्छ

बुधबार, ९ भाद्र २०७८

बुधबार, ९ भाद्र २०७८

काबुल- अमेरिकी राष्ट्रपति जो बाइडेनले करिब दुई हप्तादेखि अफगानिस्तानमा जारी रहेको आफ्ना र अन्य नेटो गठबन्धन राष्ट्रका नागरिकको उद्धारकार्यलाई समय सीमाभित्रै सक्नुपर्ने बताएका छन् । सोही बमोजिम अमेरिकाले काम गरिरहेको पनि उनले जानकारी दिएका हुन् । उनले मङ्गलबारको एक सम्बोधनमा सो कुरा बताए ।



अमेरिकाले एक्लै र उसका नेटो गठबन्धन देशले पनि यस कार्यलाई निरन्तरता दिएको र आगामी अगष्ट ३१ को समयसीमाभित्र सम्पन्न भइसक्ने आफ्नो विश्वास रहेको पनि उनले दोहोर्याए । आवश्यक परेमा उडानको सङ्ख्यामा वृद्धि गरिएको जानकारी उनको भनाइ छ ।

अमेरिकाले आगामी हप्ता उद्धार मिसन सम्पन्न गर्ने तयारी गरेको तर यसमा तालिबानको सहयोग कस्तो रहन्छ त्यसमा पनि भर पर्ने उनले बताए । यस कार्यमा यदि कुनै प्रकारको समस्या उत्पन्न भएमा के कस्तो तयारी गर्ने भन्ने बारेमा आफूले अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई निर्देशन दिएको जानकारी पनि सो सम्बोधनका क्रममा उनले दिए । 

तालिबान लडाकुले भने उद्धारकार्ये समय सीमा थप्न नसकिने बताउँदै आएका छन् । तर पनि त्यहाँबाट विदेशी मानिसलाई बाहिर निस्कन तालिबानले सहयोग गरिरहेको बताइएको छ ।

जसका कारण काबुल विमानस्थल अहिले पनि अव्यवस्थित भीड र भागदौडका कारण अझै पनि अस्तव्यस्त रहेको भने रहेको बताइएको छ । यहाँ अफगानभन्दा पनि बढी त विदेशी नागरिकको ठूलो भीड लागेको छ । अफगानिस्तानको सत्तामा तालिबान आएपछि एकै पटक हजारौँ मानिसले देश छोडेर भाग्ने प्रयास गर्दा विमानस्थल वरपर ठूलो भीड लाग्ने गरेको छ ।

गत अगस्ट १५ मा तालिबानले सत्ता कब्जामा लिएपछि यहाँको विमानस्थलमा भीड लागेको संयुक्त राज्य अमेरिका र यसका सहयोगी राष्ट्रले बताउँदै आएका छन् ।

यता नेटो सैन्यआवद्ध गठबन्धन देशले जारी राखेका उद्धार उडानमा जान प्रयास गरिरहेका मानिसका कारण यहाँ भीड लागेको र ठूलो सङ्ख्यामाा मानिस आफ्नो देश फर्किन सङ्घर्ष गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट