नवल खड्काले फिल्म ‘काँडेतार’ बनाउने, विषयवस्तु के हो ?-Sutra News

नवल खड्काले फिल्म ‘काँडेतार’ बनाउने, विषयवस्तु के हो ?

बुधबार, ९ भाद्र २०७८

बुधबार, ९ भाद्र २०७८

काठमाडौं- निर्देशक तथा कलाकार नवल खड्काले फिल्म ‘काँडेतार’ बनाउने भएका छन् । तिहार लगत्तमै छायांकनमा जाने फिल्ममा नवलसँगै शंकर कार्कीको निर्देशन रहनेछ ।



फिल्मका लागि अभिनेता गौरव पहारी प्रमुख भूमिकामा अनुबन्धित भएका छन् । निर्देशक खड्काले मंगलबार उनलाई अनुबन्ध गरेका हुन् । गौरवले हालैमात्र फिल्म ‘लाइफ इन एलए’को छायांकन पुरा गरेका छन् ।

यी अभिनेताले फिल्मले राष्ट्रियताको कथा उठान गर्ने भएकाले आफू सहमत भएको बताए । फिल्ममा गौरवले नेपाल र भारत सीमा क्षेत्रमा बस्ने एक विद्रोही युवाको भूमिका निर्वाह गर्नेछन् ।

नवलको यो फिल्म लामो समयदेखि चर्चामा रहँदै आएको छ । उनले सामाजिक सञ्जालमार्फत आफूले फिल्म ‘काँडेतार’ बनाउने जानकारी गराए पनि हालसम्म कलाकार छनोट गरेका थिएनन् ।

यसअघि फिल्म ‘दशगजा’ बनाएका नवलले फिल्म ‘काँडेतार’ले आफ्नो माटो र मान्छेको मात्र संरक्षण गर्ने नभई असल छिमेकी सद्भाव कायम राख्नेमा विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट