भाजपा नेता चौथाइवाले र कांग्रेस उपसभापति निधिबीच भेट, के भयो कुराकानी ?-Sutra News

भाजपा नेता चौथाइवाले र कांग्रेस उपसभापति निधिबीच भेट, के भयो कुराकानी ?

बुधबार, ९ भाद्र २०७८

बुधबार, ९ भाद्र २०७८

काठमाडौं- नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिसँग भेटवार्ता गरेका छन् ।



नेपाली कांग्रेसको निम्तोमा आएका भाजपा विदेश विभाग प्रमुख चौथाइवाले र कांग्रेस उपसभापति निधिबीच बुधबार बिहान भएको एक घण्टा लामो भेटवार्तामा नेपाल भारत सम्बन्धका विषयमा कुराकानी भएको थियो ।

नेपाल भारत सम्बन्ध अघि बढाउन कांग्रेस र भाजपाबीचको सम्बन्ध अघि बढाउनु पर्नेमा निधिले चौथाईवालेको ध्यानाकर्षण गराएका थिए ।

भेटमा निधिले भारत सरकारले नेपाल सरकारलाई कोरोना भ्याक्सिन उपलब्ध गराउने सम्बन्धमा भएको सहमति अनुसार अझै भ्याक्सिन नआएको भन्दै तत्काल उपलब्ध गराउनका लागि चौथाइवाले मार्फत भारत सरकारको ध्यानाकर्षण गराएका थिए ।

संविधान सभामार्फत जारी भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधानलाई भारतले नोटेड मात्र भनेको उल्लेख गर्दै उनले भारत सरकार र सत्तारुढ भाजपाकातर्फबाट आगामी संविधान दिवसमा संविधानको पक्षमा स्वागत गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट