अनिन्द्राको समस्या कम गर्न यस्तो तरिका अपनाउनुहोस्-Sutra News

अनिन्द्राको समस्या कम गर्न यस्तो तरिका अपनाउनुहोस्

बुधबार, ९ भाद्र २०७८

बुधबार, ९ भाद्र २०७८

हाम्रो शरीर एउटा प्रक्रियामा चलेको हुन्छ । दिनभरी चलायमान भएको शरीर रातमा आराम गरेर भोलिपल्ट फेरि सक्रिय हुन्छ, यसको लागि मानिस निदाउन जरुरी छ । एक स्वस्थ मानिसलाई ६ देखि ८ घण्टा निदाउनु पर्छ । तर, कतिपय मानिसलाई निन्द्रा नलाग्ने समस्या हुन्छ । सुत्ने समयमा निन्द्रा नपर्नु, निन्द्रा परेपनि राति बिउँझनु र फेरि सुत्न नसक्नु, बिहान अति चाँडै आँखा खुल्नु अनिन्द्राको लक्षण हुन् । उमेरले ३० नाघेपछि अनिन्द्राको समस्या हुन्छ भन्ने डाक्टरहरु बताउँछन् । तर, अनिन्द्राले विभिन्न समस्या ल्याउन सक्छ । अनिन्द्राको समस्या कम गर्न यस्तो तरिका अपनाउन सकिन्छः



सुत्‍ने कोठा निश्‍चित गर्नुहोस्

तपाईँको सुत्ने कोठा निदाउनको लागि मात्र हो, यसलाई बस्ने, पढ्ने अथवा छलफल गर्ने कोठाको रुपमा प्रयोग नगर्नुहोस् । सुत्ने कोठा तपाईँको ध्यान कक्ष जस्तै हो । रातमा कोठा शान्त र अध्यारो हुनुपर्छ । मोबाइल फोन अफ गर्नु, कम्प्यूटरको स्क्रिन अफ गर्नुपर्छ । सुत्ने डस्ना पनि उपयुक्त भएको नभएको याद गर्नुपर्छ । अनि शारीरिक सम्बन्ध राख्नु पनि अनिन्द्राको समस्या कम गर्ने उपाय हो । सम्भोगले अनिन्द्राको समस्याबाट बाहिर आउनलाई सहयोग गर्ने अनुसन्धानले बताएको छ ।

सुत्‍ने समयलाई निश्‍चित गर्ने

हाम्रो शरीर स्वस्थ हुनुमा सुत्ने बानीको ठूलो भूमिका हुन्छ । त्यसैले निन्द्रालाई प्रभाव पार्ने कुनै पनि काम गर्नुहुँदैन, चाहे त्यो दिउँसो होस् अथवा राति। सुत्ने समय भएपछि अरु काम छोडेर सुत्ने नै प्रयास गर्नुपर्छ । आफ्नो सुत्ने समयलाई रमाइलो, गुणस्तरीय बनाउन सकिन्छ । त्यसको लागि तातो पानीले नुहाउनु, सुत्ने समय भन्दा ४० मिनेट अगाडि फोन, कम्प्यूटर लगायत अरु सामान स्वीच अफ गर्नु अति आवश्यक हुन्छ । यस बाहेक किताब पढ्नु, रात्रीकालिन गीतहरु, धुनहरु सुन्नु उपयुक्त हुन्छ ।

घडी नहेर्ने

हामी राम्ररी निदाउन नसक्नुको अर्को कारण भनेको भोलि उठ्नुपर्ने सम्झनाले हो । भोलिपल्ट केही महत्वपूर्ण काम गर्नुपर्छ र चाँडै उठ्नुपर्छ भने हाम्री रातमा घरी घरी बिउँझिन्छौँ । घडी हेर्दै सुत्दै गर्ने हामी धेरैको बानी नै हुन्छ । यसले हाम्रो समयलाई गुणस्तरीय बनाउनु भन्दा पनि हाम्रो लागि घाटा हुन सक्छ । त्यसैले घरी घरी घडी हेर्ने बानी बन्द गर्नुपर्छ ।

उठ्नुहोस्

तपाईँलाई ओछ्यानमा पल्टिएको आधा घण्टासम्म निन्द्रा आएन भने उठ्नुहोस् । ओच्छ्यान छोडेर पर बस्नुहोस् र केही सहज काममा आफूलाई व्यस्त राख्नुहोस् । जस्तै किताब पढ्ने, गीत सुन्ने गर्नुहोस् र जब थकान महशुस हुन्छ ओच्छ्यानमा आउनुहोस्। यसले तपाईलाई निदाउन मद्दत गर्छ ।

एप्लिकेसन हेर्ने

प्रविधिको विकासले अहिले मानिलाई सहज बनाएको छ । अहिले धेरैओटा एप्लिकेसनहरु बनेका छन् जसले हामीलाई परेको समस्या समाधान गर्छन् । निदाउन सहयोग गर्ने एप्लिकेसनहरु पनि छन् । यस्ता एप्लिकेसनको सहयोगले पनि निदाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट