गोरखा- गोरखामा सौतेनी दिदीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
मंगलबार सिरानचोक गाउँपालिकाबाट-३२ वर्षीय दिदीलाई करणी गरेको आरोपमा २६ बर्षीय भाईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश दाहालले जानकारी दिए ।
युवकमाथि गत सोमबार (साउन ७) गते दिदीलाई आफ्नै घरमा सुतिरहेको ठाउँबाट तानेर भान्सा कोठामा लगेर जबरजस्ती करणी गरेको आरोप छ ।
पीडित भनिएकी महिलाले घटना भएलगत्तै श्रीमान्, जेठानीलगायत घरका अन्य सदस्यलाई बताएपछि आरोपित भागेको प्रहरीले जनाएको छ ।
परिवारका सदस्यले दिएको उजुरीका आधारमा मंगलबार राति सिरानचोकमा नै आफन्तको घरमा लुकेर बसेका युवकलाई प्रहरीले पक्राउ गरेको थियो ।
डिएसपी दाहालकाअनुसार आरोपितमाथि जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट बुधवार ७ दिनको म्याद थप गरि थप अनुसन्धान भइरहेको छ । सांकेतिक तस्बिर ।