टिप्स: औषधि प्रयोग गर्दा यस्ता कुरामा ध्यान दिनुहोस्-Sutra News

टिप्स: औषधि प्रयोग गर्दा यस्ता कुरामा ध्यान दिनुहोस्

बिहिबार, १० भाद्र २०७८

बिहिबार, १० भाद्र २०७८

बिरामी भएको समयमा औषधिले हाम्रो जीवनरक्षा गर्छ । तर, हाम्रो जीवनरक्षक औषधिको गलत प्रयोग भएमा त्यसले ज्यानै समेत लिनसक्छ । त्यसैले औषधिको प्रयोग सही मात्रामा गर्नुपर्छ । मान्यता प्राप्त स्वास्थ्यकर्मीको सिफारिसमा मात्र औषधि प्रयोग गर्ने ।



आफूले खान लागेको औषधिको बारेमा पूर्ण जानकारी लिने । औषधिको सेवन तोकिएको समयमा प्रयोग गर्ने ।

औषधि बालबालिकाको पहुँचबाट टाढा राख्ने । समयमा औषधि सेवन गर्न भूलेमा सम्झने वित्तिकै सेवन गर्ने तर आर्को मात्रा सेवन गर्ने समय नजिक भएमा अर्को मात्रा सेवन गर्ने समयमा मात्रै खाने ।

गर्भवती भएको अवस्थामा कुनै औषधि खानुपर्ने भएमा स्वास्थ्यकर्मीलाई जानकारी गराएर मात्रै औषधि लिने ।

औषधि प्रयोग गर्दा शरीर चिलाउने, छालामा डाबहरु आउने स्वास फेर्न गाह्रो हुने लगायतका लक्षणहरु देखा परेमा औषधि सेवन नगरी तुरुन्त स्वास्थ्यकर्मीलाई सम्पर्क गर्ने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट