काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बस्दैछ ।
पार्टी औपचारिकरूपमा विभाजन भएको भोलिपल्ट अर्थात आज बिहीबार केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।
एमाले वरिष्ठ नेता माधव नेपालले बुधबार मात्र नेकपा एकीकृत समाजवादी दर्ता गरेका थिए ।
बैठक बिहीबार दिउँसो १२ बजे च्यासलस्थित तुलसीलाल अमात्य स्मृति भवनमा बस्ने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।