वामदेवले भने- कुनै पनि बैठकमा जान्न, ओलीलाई नेता मान्न सक्दिन-Sutra News

वामदेवले भने- कुनै पनि बैठकमा जान्न, ओलीलाई नेता मान्न सक्दिन

बिहिबार, १० भाद्र २०७८

बिहिबार, १० भाद्र २०७८

काठमाडौँ ।  नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको कुनै पनि बैठकमा नजाने बताएका छन् ।



एक अनलाइनसँग कुरा गर्दै नेता गौतमले आफूले ओलीलाई नेता मान्न नसक्ने भने बैठकमा नजाने र राजीनामा दिने तयारी गरिरहेको बताएका हुन् ।

गौतम माधव नेपाल नेतृत्वको पार्टीमा जाने या एमालेमा नै बस्ने भन्ने विषयमा अझै निर्णय गर्न सकेका छैनन् । उनी हिजो एमालेको बैठकमा अनुपस्थित रहेका थिए ।

उपाध्यक्ष गौतम भने हिजोदेखि जारी नेपाल पक्षधर नेताहरूको बैठकमा सहभागी भएनन् भने तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी स्थायी कमिटी बैठकमा समेत सहभागी भएका छैनन् ।

 एमाले पार्टी कार्यालयका शेरबहादुर तामाङका अनुसार गौतम अहिलेसम्म बैठकमा सहभागी हुन पुगेका छैनन्। 

विगतमा नेपाललाई साथ दिँदै आएका १० जना स्थायी कमिटी सदस्य जारी बैठकमा सहभागी भए पनि गौतम हालसम्म बैठकमा उपस्थित भइनसकेको तामाङले जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट