प्रदेश १ का मुख्यमन्त्री राईले दिए संसदीय दलको नेताबाट राजीनामा-Sutra News

प्रदेश १ का मुख्यमन्त्री राईले दिए संसदीय दलको नेताबाट राजीनामा

बिहिबार, १० भाद्र २०७८

बिहिबार, १० भाद्र २०७८

काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले संसदीय दलको नेताबाट राजीनामा दिएका छन् । 



पार्टी एकता भएको भन्दै उनले राजीनामा दिएको उनले बताए । 

त्यस्तै उनले मुख्यमन्त्री पदबाट पनि राजीनामा दिने भएका छन् । 

विगतमा नेपाल-झलनाथ खनाल समूहमा रहेका आचार्य नेकपा एमालेको मुलधारमा रहे पछि पार्टीको आन्तरिक जीवन बचाउन बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई प्रदेश मुख्यमन्त्री बनाएको शैलीमा आचार्यलाई पनि मुख्यमन्त्री हस्तान्तरण गर्न खोजिएको हो । सो हस्तान्तरणसँगै प्रदेश १ मा एमाले विभाजनको सम्भावना टर्ने एमाले नेताहरुले जनाएका छन ।

हिजो साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यको जन्मदिन मनाउन बालकोट पुगेको बेला नै अध्यक्ष ओलीको निर्देशनमा राई मुख्यमन्त्रीबाट राजीनामा दिन मञ्जुर भएका हुन् । विराटनगरमा मुख्यमन्त्री राईले राजीनामा दिएर आचार्यलाई मुख्यमन्त्री प्रस्ताव गर्दा भने च्यासलमा एमाले केन्द्रीय कमिटी जारी रहनेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट