काबुल विमानस्थलमा अतिवादी हमलाको जोखिम उच्च-Sutra News

काबुल विमानस्थलमा अतिवादी हमलाको जोखिम उच्च

बिहिबार, १० भाद्र २०७८

बिहिबार, १० भाद्र २०७८

केही पश्चिमेली मुलुकले काबुल विमानस्थलमा अतिवादी हमलाको उच्च जोखिम रहेको भन्दै आफ्ना नागरिकलाई सेचत रहन आग्रह गरेका छन् । आफ्ना नगारिकलाई काबुल विमानस्थल नजानसमेत ती देशले अनुरोध गरेका छन् ।



अमेरिका, अस्ट्रेलिया, बेलायतले काबुल विमानस्थलमा जुनसुकै बेला हमला हुन सक्ने भन्दै आफ्ना नागरिकलाई त्यहाँ नजान आग्रह गरेका हुन् । विदेशी सेनासँगै फर्किन चाहने अफगानीका कारण पछिल्ला दिनमा काबुल विमानस्थल अस्तव्यस्त बनेको छ । 

बिहीबार अस्ट्रेलियाका विदेशमन्त्री म्यारिस पेनीले विमानस्थलमा अतिवादी हमलाको उच्च जोखिम भएको बताए । अमेरिकी  विदेश मन्त्रालयले आफ्ना नागरिकलाई काबुल विमानस्थल छोड्न निर्देशन दिएको केही घन्टापछि पेनीको भनाइ आएको हो । 

त्यस्तै, बेलायतले पनि आफ्ना नागरिकलाई यस्तै सुझाब दिएको छ । विमानस्थलबाट सुरक्षित क्षेत्रतर्फ जान र सरकारको सुझाब मनन गर्न बेलायतको विदेश मन्त्रालयले अफगानिस्तानमा रहेका आफ्ना नागरिकलाई अनुरोध गरेको छ । विमानस्थलको  सुरक्षा अवस्था निकै जोखिमपूर्ण रहेको मन्त्रालयले भनेको छ । तर, सुरक्षा जोखिमबारे यी तीनैवटा देशले थप विवरण उल्लेख गरेका छैनन् । 

हमलाको जोखिम बढेसँगै आफ्ना नागरिकलाई स्वदेश फर्काउने कार्य तीब्र पार्ने बताएका छन् ।  

तालिावनले सर्वसाधारण अफगानीलाई देश नछोड्न चेतावनी दिँदै आएका छन् । अहिलेसम्म ८२ हजारले काबुल विमानस्थल छाडिसकेका छन् । तालिवान र अमेरिकाबीच यसअघि भएको सहमतिअनुसार आगामी ३१ अगस्टभित्र अमेरिकी नेतृत्वको विदेशी फौजले अफगानिस्तान छोड्नुपर्छ । न्यूज कारखाना

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट