एमाले केन्द्रीय कमिटीको बैठक सुरु, वामदेव गौतम अनुपस्थित-Sutra News

एमाले केन्द्रीय कमिटीको बैठक सुरु, वामदेव गौतम अनुपस्थित

बिहिबार, १० भाद्र २०७८

बिहिबार, १० भाद्र २०७८

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।



बैठक ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा केहीबेर अगाडी सुरु भएको हो ।

बैठकले तीनवटा विषयमा निर्णय लिने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

‘पर्ख र हेर’को रणनीतिमा रहेका वामदेव गौतम भने बैठकमा उपस्थित रहेका छैनन् । उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेता मान्न नसकिने भन्दै राजीनामा दिने कुरा चर्चामा रहेको छ ।

बैठकका लागि १० बुँदे प्रस्ताव कार्यान्वयनसम्बधी स्थायी कमिटीको निर्णय अनुमोदन, पार्टीको सदस्यता वितरण र विधान महाधिवेशन तथा स्थानीय अधिवेशन र पार्टी विभाजनमा लाग्ने नेतामाथि कारबाहीका विषय कार्यसूचीमा राखिएको छ ।

यही भदौ ८ गतेको स्थायी कमिटीको बैठकले गत असार २७ गतेको आन्तरिक विवाद समाधान कार्यदलको सिफारिसलाई कार्यान्वयन गर्दै पार्टीको संरचनालाई २०७५ जेठ २ कै अवस्थाबाट सञ्चालन गर्ने निर्णय गरेको थियो ।

एमालेले आगामी मङ्सिरको दोस्रो साता दशौँ राष्ट्रिय महाधिवेशन गर्ने तय गरेको छ । राजनीतिक दलसम्बन्धी नयाँ अध्यादेशबमोजिम नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी)ले बुधबार निर्वाचन आयोगबाट मान्यता पाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट