काठमाडौँ । नेकपा एमालेले दल विभाजनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने भएको छ । पार्टीका नेता माधवकुमार नेपालले एमालेबाट छुट्टिएर नयाँ पार्टी (नेकपा एकीकृत समाजवादी) दर्ता गरेसँगै एमालेले मुद्दा दायर गर्ने तयारी गरेको हो ।
आज बस्दै गरेको एमालेको केन्द्रीय कमिटीको बैठकमा यो विषयमा छलफल हुने एक केन्द्रीय सदस्यले जानकारी दिए ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस गरेपछि राष्ट्रपति भण्डारीले सो अध्यादेश जारी गरेकी थिइन् ।
अध्यादेश जारी भएसँगै नेता माधवकुमार नेपालले २० प्रतिशत सदस्य जुटाएर नयाँ पार्टी दर्ता गरेका थिए । उनले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पनि पाइसकेका छन् ।