शवलाई समेत बलात्कार गर्छन् तालिवान लडाकु-Sutra News

शवलाई समेत बलात्कार गर्छन् तालिवान लडाकु

बिहिबार, १० भाद्र २०७८

बिहिबार, १० भाद्र २०७८

११ दिनअघि अफगानिस्तानको सत्तापलट गरेका तालिवानहरुले शबलाई समेत बलात्कार गरेको विवरण सार्वजनिक भएको छ । ‘तालिवानले शवसँग पनि यौन सम्पर्क गर्छन्,’  अफगानिस्तानबाट भागेर भारत पुगेकी एक महिला भन्छिन् । तालिवानले केही समय अगाडि मानिसहरुको घरघरमा पुगेर यौनदासी बनाएको उनको भनाइ छ । 



अफगान प्रहरी फौजकी सदस्यसमेत रहेकी मुस्कान नामले परिचित उनी थप्छिन्, ‘तालिवानले मानिस जिउँदो वा मृत कसैको ख्याल गर्दैनन् ।’

तालिवानले काबुल कब्जा गरेपछि मुस्कान भारत भागेकी थिइन् । उनका अनुसार तालिवान लडाकु घरघरमा किशोरी खोज्न हिँड्थे र नदिने परिवारलाई गोली हान्थे । 
‘अफगानिस्तान हुँदा हामीले तालिवानको अनगिन्ति धम्की भोग्यौं’ मुस्कान सम्झन्छिन् । 
 
सन् १९९० को मध्यमा शक्तिमा आउदा तालिवानहरु आफ्ना कुख्यात कर्मका लागि प्रख्यात थिए । उनीहरुले अपराधी र बलात्कारीका हात काटिदिने कानुन ल्याएका थिए । त्यस्तै, १२ वर्षमाथिका किशोरीलाई विद्यालय जान प्रतिबन्ध लगाएका थिए । सत्ता कब्जा गरेपछि तालिवानले तिनै किशोरीलाई यौन दुव्र्यबहारको निशाना बनाएका छन् । 

तालिवानको शासनकालमा महिलाहरु सबैभन्दा बढी जोखिममा पर्न सक्ने आकलन भइरहेका छन् । यद्यपि, तालिवानले महिलालाई पनि पुरुषसरह अधिकार दिने बताउँदै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट