काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारमा सहभागी हुने बताएका छन् ।
बिहीबार एक पत्रकार सम्मेलन गर्दै नेता नेपालले आफूहरु छिट्टै नै सरकारमा जाने बताएका हुन् । उनले पाँच दलीय गठबन्धन अब निरन्तर अगाडी बढ्ने घोषणासमेत गरेका छन् ।
‘वामपन्थीका साथै सबै लोकतान्त्रिक शक्तिहरूसँग अगाडि बढ्ने हामीले लक्ष्य लिएका छौं, सत्तारुढ कांग्रेस, जसपा र माओवादी केन्द्रका साथै सत्ता बाहिर रहेका वामपन्थी दलहरूसँग पनि हाम्रो सहकार्य हुन्छ।’ नेता नेपालले भने ।
नेता नेपालले एमालेमा रहेको सम्पत्तिको विषयमा कानून अनुसार अगाडी बढ्ने जानकारी दिए । उनले भने ‘कानुनमा के छ हेरौंला। दाबा गरौंला। होइन भने म निर्माण गर्न सक्छु,’ उनले भने, ‘म निर्माण गर्ने अरू ध्वंश गर्ने हुन्।’