टिकटक भिडियो बनाएको भन्दै सार्वजनिक स्थानमा यौन दुव्र्यवहार-Sutra News

टिकटक भिडियो बनाएको भन्दै सार्वजनिक स्थानमा यौन दुव्र्यवहार

बिहिबार, १० भाद्र २०७८

बिहिबार, १० भाद्र २०७८

पाकिस्तानमा टिकटक भिडियो बनाएको आरोपमा एक महिलामाथि सार्वजनिक स्थानमा यौन दुव्र्यवहार भएको छ । लाहोरको एउटा पार्कमा एक महिलामाथि दुव्र्यवहार भएको हो । 



घटनाबारे सार्वजनिक भएको एउटा भिडियोमा मानिसहरुको एउटा समूहले लाहोरको एउटा पार्कमा टिकटक भिडियो बनाइरहेकी ती महिलालाई लछारपछार गरी लुगा फुकालिदिएको  देखाइएको छ ।  

भीडले ती युवतीलाई आफ्ना साथीबाट अलग गरेर उनका गहन, पैसा, मोबाइल फोन लुटेर भुईमा फालिदिएको थियो । त्यसपछि लुगा खोलेर युवतीलाई दुव्र्यबहार गरिएको थियो । 

प्रहरीले आक्रमणमा संलग्न ४० जनाई पक्राउ गरेको छ । घटनामा संलग्न अन्य ६६ जनाको खोजी भइरहेकाे छ । दुव्र्यवहारबारे चासो नदेखाएको भन्दै दुई प्रहरी अधिकारी निलम्बनमा परेका छन् । आक्रमणको विभिन्न राजनीतिक दलका नेताले निन्दा गरेका छन् । 

पाकिस्तानी पिपुल्स पार्टीका अध्यक्ष विलवाल भुट्टोले घटनाले सम्पूर्ण पाकिस्तानी लज्जित भएको टिप्पणी गरेका छन् । महिलामाथि दुव्र्यवहार गर्ने देशको सूचीमा पाकिस्तान छैटौ स्थानमा पर्छ ।  सन् २०१९ मा गरिएको एक सर्बेक्षणअनुसार पाकिस्तानमा भएका बलात्कारका मुद्दामध्ये जम्मा ३ प्रतिशतको मात्र कानुनी प्रक्रिया पूरा हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट