काठमाडौँ । नेकपा एमालेले पार्टी परित्याग गरेर नयाँ दलमा सहभागी भएका माधवकुमार नेपालसहितका नेताहरुको अभिलेख पार्टीबाट हटाउने निर्णय गरेको छ ।
बिहीबार बसेको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
‘पार्टी परित्याग गर्दै नयाँ दल खोल्नेहरूको पार्टी अभिलेखबाट नाम हटाउने र निर्वचन आयोगमा जानकारी दिने निर्णय भएको छ ।’
माधवकुमार नेपालले एमालेबाट छुट्टिएर एकीकृत समाजवादी पार्टी गठन गरेका थिए । उनले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाइसकेका छन् ।
त्यस्तै आजको बैठकले पार्टीको विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशनको मिति हेरफेर गर्ने निर्णय गरेको छ ।