काठमाडौं- भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइनको डोरी काटिदिँदा महाकाली नदीमा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको परिवारलाई सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले धामीको परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
गत साउन १५ गते बेपत्ता भएका धामीको अवस्था अझै अज्ञात छ । तुनइनमा झुण्डियर महाकाली नदी पार गर्न लागेको धामी एसएसबीले डोरी काटिदिएपछि नदीमा बेपत्ता भएका थिए ।
त्यसपछि सरकारले सो घटनाका विषयमा छानबिन गर्न गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समितिसमेत बनाएको छ । सो समितिले प्रतिवेदन तयार गरिरहेको गृहमन्त्री बालकृष्ण खाँणले विहीबार जानकारी दिएका छन् ।