यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू-Sutra News

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

बिहिबार, १० भाद्र २०७८

बिहिबार, १० भाद्र २०७८

काठमाडौं- सरकारले दार्चुलास्थित महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई सहयोग स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।



प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गत साउन १५ गते महाकाली नदी पार गर्नका लागि तुइन तर्ने क्रममा खसेर बेपत्ता भएका दार्चुलाको व्यास गाउँपालिका–२ का धामीको परिवारलाई सहयोग स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बैठकले नेपाल कानुन आयोगको अध्यक्षमा पूर्वन्यायाधीश जागेश्वर सुवेदीलाई नियक्त गर्ने निर्णय गरेको छ । यसैगरी, राष्ट्रिय योजना आयोगको सदस्यमा पुष्प रमन वाग्ले र सोलनी प्रधान सिंहलाई नियुक्त गर्ने निर्णय समेत बैठकले गरेको उनले बताए ।

त्यस्तै बैठकले कोभिड-१९ विरुद्धको सारकोभ-२ एमआरएनए खोप तथा हैजाको खोपलाई नेपालमा क्लिनिकल ट्रायल गर्न अनुमति दिएको उनको भनाइ छ ।

अतिकम विकसित राष्ट्रसम्बन्धी बैठकमा भर्चुअलरुपमा नेपालको तर्फबाट सहभागीता जनाउन योजना आयोगका उपाध्यक्षलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट