वरिष्ठ कलाकार हरिवंश आचार्य गायनमा सक्रिय, दर्शकमाझ ल्याए यस्तो गीत-Sutra News

वरिष्ठ कलाकार हरिवंश आचार्य गायनमा सक्रिय, दर्शकमाझ ल्याए यस्तो गीत

बिहिबार, १० भाद्र २०७८

बिहिबार, १० भाद्र २०७८

काठमाडाैं- वरिष्ठ कलाकार हरिवंश आचार्य पछिल्लो समय गायन र अभिनयमा सक्रिय छन् । उनको स्वर र अभिनयमा रहेको गीत ‘माछीलाई खोलीको लेउ’ केही समय अगाडि सार्वजनिक भएको थियो । दर्शकको उल्लेख्य साथ पाएको ‘माछीलाई खोलीको लेउ’ पछि हरिवंशले अर्को गीत ल्याएका छन् ।



‘ए कालु भेना’ बोलको गीतमा उनलाई गायिका मिलन नेवारले स्वरमा साथ दिएकी छन् । गीतमा हरिवंश आचार्यकै शब्द र संगीत छ । गीतमा किरण तुलाधरको एरेन्ज र श्यामश्वेत रसाईलीको मिक्सिङ्ग गरेका छन् ।

मौलिक अडियोको भिडियोलाई निर्देशक गम्भीर बिष्टले आकर्षक बनाएका छन् । हरिवंश आचार्य, नाजिर हुसेन, आँचल शर्मा र आर्यन खरेल भिडियोमा फिचर रहेका छन् ।

हरिवंशका गीत र भिडियोबाट अपेक्षित सन्देश प्राप्त गर्न सकिन्छ । ‘ए कालु भेना’ ले वैदेशिक रोजगारीभन्दा स्वदेशमै इलम गर्न प्रेरित गरेको छ ।

नवराज उप्रेतीले खिचेको भिडियोलाई भुप्रेन्द्र अधिकारीले सम्पादन गरेका छन् ।  गज्जब टिभीको प्रस्तुति रहेको गीतको भिडियो गज्जब टिभीको अफिसियल युट्युबबाट बिहीबार रिलिज गरिएको हो ।   

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट