काठमाडौं- राट्रपति विद्यादेवी भण्डारीले जनगायक जेबी टुहुरेको असामयिक निधन भएकामा गहिरो दुःख व्यक्त गर्दै उनका शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरेकी छिन् ।
राष्ट्रपतिले आज साँझ सामाजिक सञ्जालमार्फत शोक व्यक्त गर्दै ‘प्रगतिशील, सांस्कृतिक अभियन्ता एवं जनगायक जेबी टुहुरेको निधनको खबरले आफू ज्यादै दुःखी भएको’ बताइन् ।
प्रगतिशील सङ्गीतका माध्यमबाट नेपालको लोकतान्त्रिक आन्दोलनमा गायक टुहुरेले पुर्याएको योगदान चिरस्मणीय रहने बताउँदै राष्ट्रपति भण्डारीले उनीप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकूल परिवारका सदस्यमा गहिरो समवेदना व्यक्त गरेकी छिन् ।