तत्काल क्रियाशील सदस्यहरूको नामावाली सार्वजनिक गर्न कांग्रेस जिल्ला सभापतिहरूको माग-Sutra News

तत्काल क्रियाशील सदस्यहरूको नामावाली सार्वजनिक गर्न कांग्रेस जिल्ला सभापतिहरूको माग

बिहिबार, १० भाद्र २०७८

बिहिबार, १० भाद्र २०७८

काठमाडौं- नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले चाँडोभन्दा चाँडो क्रियाशील सदस्यताको नामावाली सार्वजनिक गर्न नेतृत्वसँग माग गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नुवाकोट कांग्रेस सभापति जगदिशनरसिंह केसीले आफूहरु महाधिवेशनको विरोधी नभएको बताए ।



उनले पार्टीले तत्काल क्रियाशील सदस्यताको नामावाली सार्वजनिक गर्नुपर्ने बताए । त्यस्तै, त्यसरी नाम सच्याउँदा दाबी/विरोध गर्ने र सच्याउने मौका दिनुपर्ने पनि आफूहरुको अर्को माग रहेको केसीको भनाइ छ ।

उनले आफूहरुले अघि सारेका तीन बुँदे माग आम नेपाली कांग्रेस पक्षधरको आवाज भएको बताए । त्यस्तै, कार्यक्रममा भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले अधिवेशन नजिकिँदै जाँदा विभिन्न बखेडा झिकेर धर्नामा बस्नु गलत भएको भन्दै आक्रोश पोखे ।

रामेछापका सभापति लवश्री न्यौपाने पनि तत्काल क्रियाशील सदस्यताको नामावली तत्काल सार्वजनिक गर्न माग गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट