तालिबानले लगायो गीत संगीतमा प्रतिबन्ध-Sutra News

तालिबानले लगायो गीत संगीतमा प्रतिबन्ध

बिहिबार, १० भाद्र २०७८

बिहिबार, १० भाद्र २०७८

काबुल- तालिबानको सत्तामा गीत संगीतमाथि प्रतिबन्ध लाग्ने भएको  छ ।



‘मुस्लिम धर्ममा संगीतमा रोक छ । उनीहरुलाई कर गर्न भन्दा पनि नसुन्नका लागि हामीले विश्वास दिलाउन सक्छौ,’ तालिबान प्रवत्ता जाविहुल्लाह मुजाहिदले न्युयोर्क टाइम्ससँग भने । 

तर, महिलाको सुरक्षालाई लिएर अहिले भइरहेका टिप्पणी गलत भएको मुजाहिदले बताए । महिलाहरु सधै घरभित्र बस्नु नपर्ने र आफ्नो काममा फर्किन सक्ने प्रवत्ता मुजाहिदले बताए । 

सन् १९९० को दशकमा तालिबान शासनकालमा संगीत, टेलिभिजन, र सिनेमामाथि कडा प्रतिबन्ध लगाइएको थियो ।  तर,अमेरिकी सरकारले उनीहरुलाई सत्ताच्युत गरेपछि अफगानिस्तानमा गीत संगीतमा उल्लेख्य प्रगति भएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट