किन झन्झनाउँछ दाँत ?-Sutra News

किन झन्झनाउँछ दाँत ?

शुक्रबार, ११ भाद्र २०७८

शुक्रबार, ११ भाद्र २०७८

एक अध्ययनले हरेक आठ जना व्यक्तिमध्ये एक जना दाँतको समस्याबाट ग्रसित हुने देखाएको छ । यस्तो समस्या भएका व्यक्तिले चिसो वा तातो वस्तु खाँदा दाँत झन्झनाउँछ ।



झन्झनाउने वा दुख्ने समस्या एउटा दाँतमा वा सबै दाँतमा पनि हुन सक्छ । यो समस्या एकदमै बढेको छ भने कहिलेकाहीँ मुखबाट हावा भित्र छिर्दा पनि दुखाइ बढ्छ ।

किन झन्झनाउँछ दाँत ?

दाँत झन्झाउनुका विभिन्न कारण हुन सक्छन् । धेरैमा दाँत ब्रस गर्ने बेला जोडले रगड्दा दाँत सेतो हुन्छ भन्ने भ्रम छ । तर, दाँतमा ब्रस धेरै रगड्नाले दाँतको इनामेल झर्न थाल्छ । यसरी ज्यादा कडा ब्रस वा पेस्ट धेरै लगाएर ब्रस गर्दा दाँतमा दबाब पर्छ र दाँत झन्झनाउन थाल्छ ।

‍-दाँतको वरिपरि धेरै कोट्याउनु वा रगड्नु

-दाँत फ्याक्चर हुनु वा किरा लाग्नु

-दाँतमा पायरिया हुनु

-अमिलो खानेकुरा ज्यादा खानाले वा कोल्ड डिं«क पिउनाले दाँतको बाहिरी भागमा हानि पुग्छ ।

-धेरै एसिडिटी भएमा मुखमा पेटको एसिड आउन थाल्छ, जसले इनामेललाई गलाउन थाल्छ । यसले गर्दा झन्झनाउने समस्या देखापर्छ ।

बच्न के गर्ने ?

-नरम ब्रसको प्रयोग गर्नुपर्छ ।

-ब्रस गर्दा तल–माथि गरेर चलाउनुपर्छ, तर धेरै रगड्नुहुुँदैन ।

-यदि झन्झनाउने समस्या देखिएको छ भने केही समय जुुस, कोल्ड ड्रिंक, रेड वाइन, सिरका, आइसक्रिम, चिया वा अमिला फल, जस्तैः कागती, टमाटर, सलाद वा अचार कम खानुपर्छ ।

-दाँतलाई प्रत्येक दिन सफा गर्नुपर्छ । फ्लोराइडयुक्त पेस्ट प्रयोग गर्नुपर्छ ।

-एक चम्चा तोरीको तेलमा वा मनतातो पानीमा नुन मिलाएर मालिस गरेर कुल्ला गर्दा दाँत झन्झनाउने समस्याबाट मुक्त हुन सकिन्छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट