काबुल विमानस्थल बाहिर भएको विस्फोटमा ६० भन्दा बढीको मृत्यु-Sutra News

काबुल विमानस्थल बाहिर भएको विस्फोटमा ६० भन्दा बढीको मृत्यु

शुक्रबार, ११ भाद्र २०७८

शुक्रबार, ११ भाद्र २०७८

काठमाडौं- अफगानिस्तानको राजधानी काबुल विमानस्थल बाहिर बिहीबार साँझ भएको आत्मघाती बम विस्फोटमा १३ अमेरिकी सुरक्षाकर्मीसहित ६० भन्दा बढीको मृत्यु भएको छ ।



काबुल विमानस्थल प्रवेश गर्ने गेटमा आत्मघाती बम विस्फोट भएको हो । विस्फोटको समयमा त्यस ठाउँमा ठूलो संख्यामा अफगानी शरणार्थीहरु जम्मा भएका थिए ।

उनीहरु अमेरिकाले ल्याएको विमानमार्फत अफगानिस्तान छाड्न चाहेकाहरु थिए । बीबीसीकाअनुसार विस्फोटमा थुप्रै तालिबान सुरक्षा गार्डहरू पनि घाइते भएका छन् ।

अमेरिकाले गरिरहेको हवाई उद्धारकार्य जारी नै रहने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका छन् ।

‘हामीले यो मिसन सम्पन्न गर्नै पर्छ र हामी गर्नेछौँ,’ उनले भने । उनले अपराधीहरूलाई खोजेरै छाड्ने वाचा पनि गरे । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट