काबुलमा जिहादीको बम हमलापछि बाइडेनले भने- अतिबादी हमलाले उद्दार कार्य रोकिन्न-Sutra News

काबुलमा जिहादीको बम हमलापछि बाइडेनले भने- अतिबादी हमलाले उद्दार कार्य रोकिन्न

शुक्रबार, ११ भाद्र २०७८

शुक्रबार, ११ भाद्र २०७८

काबुल- अमेरिकी राष्ट्रपति जोन बाइडेनले काबुलमा तालिबान हमलाका बाबजुद अमेरिकाले आफ्ना नागरिकलाई स्वदेश फर्काउने बताएका छन् । राजधानी काबुलमा जिहादीको बम हमलापछि बाइडेनले आफ्ना नागरिकको उद्दार कार्य जारी राखिने बताएका हुन् । ‘काबुलबाट हाम्रा नागरिकलाई स्वदेश फर्काउने अभियान हामीले पुरा गर्छौं’ बाइडेनले भने ।



बिहीबार जिहादीले गरेको शक्तिशाली बिस्फोटमा १३ अमेरिकी फौजसहित ६० जनाको मृत्यु भएको थियो । अमेरिका, बेलायतलगायतका मुलुकले काबुल विमानस्थलमा अतिबादी हमला हुन सक्ने साबधानी दर्शाइरहेका बेला अतिबादीले बिस्फोट गराएका हुन् ।

गत अगस्टमा तालिबानले सत्तापलट गरेपछि अहिलेसम्म १ लाख मानिस काबलु विमानस्थलबाट बाहिरिएका छन् । अझै हजारौं मानिस स्वदेश फर्किन काबुल विमानस्थलमा पालो कुरेर बसिरहेका छन् । स्वदेश फर्किने विदेशी सेनासँगै देश छोड्न चाहने अफगानीका कारण काबुल विमानस्थल अस्तव्यबस्त बनेको छ । तालिबानले सर्वसाधरण नागरिकलाई विमानस्थलमा जान रोक लगाएको लगाउदै आएको छ ।

पहिलो बिस्फोट विमानस्थल प्रवेश गर्ने अबे गेटमा भएको थियो । त्यसको केही मिनेटपछि नजिकैको होटलमा अर्को बिस्फोट भएको थियो । सो होटलमा बेलायती सेनासँगै लन्डन फर्किन चाहने अफगानी सर्वसाधरण बसेका थिए । बिहीबारको हमलाको जिहादीले जिम्मा लिएका छन् । यसैबीच सो आक्रमणपछि राष्ट्रपति बाइडेनले जिहादीलाई क्षमा नदिने बताएका छन् ।   

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट